स्रोत नखुलेको ८ लाखसहित भारतीय सीमा क्षेत्रबाट २ जना पक्राउ

महोत्तरी नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

नेपालभ्युज

स्रोत नखुलेको ८ लाखसहित भारतीय सीमा क्षेत्रबाट २ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। महोत्तरी नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो रहेको सशस्त्र प्रहरी बल महोत्तरीले जनाएको छ।

आरोपीहरूको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा श्रोत नखुलेको रकम फेला परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved