सबै स्थानीय तहमा पार्टीबाट उम्मेदवारी दिने तयारी भइरहेको छ : लिङ्गदेन

नेपालभ्युज

सबै स्थानीय तहमा पार्टीबाट उम्मेदवारी दिने तयारी भइरहेको छ : लिङ्गदेन
फाइल तस्वीर

जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको सबै स्थानीय तहमा पार्टीबाट उम्मेदवारी दिने तयारी भइरहेको बताएका छन्।

सिन्धुली र उदयपुरमा राप्रपाको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्गदेनले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार अन्य राजनितिक दलसँग गठबन्धन पनि हुन सक्ने बताए।

अघिल्लो स्थानीय तहको चुनावमा ७ सय ५३ मध्ये मुस्किलले ४० प्रतिशत स्थानिय तहमा उम्मेदवारी दिँदा मात्र पाँच स्थानिय तह जितेको उनले बताए। अध्यक्ष लिङ्गदेनले गत निर्वाचनमा जितेका पालिकाहरुमा राप्रपाले राम्रो काम गरेकाले अब धेरै पालिका जित्ने दाबी गरे।

उनले कृषि अनुदानले कार्यकर्ता पाल्ने, शिक्षा र स्वास्थ्यमा कुनै पनि चासो नदिने परिपाटीले देश बर्बाद भएको बताए। उनीसँगै पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, ज्ञानेन्द्र शाही सहितका नेताहरु पनि चुनावी कार्यक्रममा आएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved