पाकिस्तानी प्रधानमन्त्रीको अविश्वास प्रस्तावमाथि आइतबार मतदान हुने

नेपालभ्युज

पाकिस्तानी प्रधानमन्त्रीको अविश्वास प्रस्तावमाथि आइतबार मतदान हुने

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ। यसअघि बिहीबार यस प्रस्ताव अघि बढाउने विषयमा छलफल गर्न बैठक बसेको थियो।

तर, सांसद्‍हरु भेला भएलगत्तै पाकिस्तानको राष्ट्रिय सभाको कारबाही ३ अप्रिलसम्मका लागि स्थगित भएको घोषणा गरियो।

राष्ट्रियसभाका उपसभापति सादिक संजरानीका अनुसार अवस्था ठिक नभएकाले आइतबारका लागि बैठक सारिएको हो।

यसअघि सोमबार पाकिस्तान मुस्लिम लिग (पिएमएल–एन) का अध्यक्ष शाहबाज सरिफले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। यससँगै इमरान खान अविश्वास प्रस्तावको सामना गर्ने तेस्रो पाकिस्तानी प्रधानमन्त्री बनका छन्।

प्रधानमन्त्री खानविरुद्ध खुल्ला रुपमा पीटीआईका केही सहयोगीहरू खुलेकाले यसको प्रस्ताव पास हुनेमा प्रतिपक्ष विश्वस्त भएका हुन् । मुत्तहिदा काउमी मुभमेन्ट – पाकिस्तान ९एमक्यूएम–पी०ले खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षीहरूसँग मिलेपछि उनको बहुमत गुमेको बताइएको छ।

पाकिस्तानी राष्ट्रिय सभाको कूल क्षमता ३४२ सदस्यीय छ। बहुमतको लागि १७२ मत आवश्यक पर्छ। पीटीआई नेतृत्वको गठबन्धन १७९ सदस्यको समर्थनमा गठन भएको थियो।

तर, अहिले एमक्यूएम–पीले पीटीआईसँगको गठबन्धन छोडेपछि उससँग अब १६४ सदस्यको समर्थन हुने स्पष्ट देखिएको छ भने विपक्षी दलसँग अहिले राष्ट्रिय सभामा १७७ जना समर्थक रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved