रूस र युक्रेनबीच आजदेखि शान्ति वार्ता हुँदै

रूस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको रूसी वार्ताकार डेविड अराखामियाले बताएका हुन्।

नेपालभ्युज

रूस र युक्रेनबीच आजदेखि शान्ति वार्ता हुँदै

एजेन्सी। रूस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको रूसी वार्ताकार डेविड अराखामियाले बताएका हुन्। युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

एक महिना लामो समयदेखि जारी रुस युक्रेन युद्धका कारण विश्व समुदाय नै प्रभावित हुन थालेको छ। रुसको पहिल्लो निर्णयले यूरोपमा ऊर्जाको अभाव हुने देखिएको छ। त्यसपछि वार्ताको लागि विश्वभरबाट दबाब आइरहेको छ।

आजदेखि रूसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने भएका छन्। योसँगै युरोपमा ऊर्जा संकटको जोखिम बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रूसले आपूर्ति गर्छ।

युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरूले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो। यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved