विश्वकप २०२२ मा प्रयोग हुने बल सार्वजनिक

एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ।

नेपालभ्युज

विश्वकप २०२२ मा प्रयोग हुने बल सार्वजनिक

एजेन्सी। एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ। खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी एडिडासले उत्पादन गरेको ‘अल रिल्हा’ नामक बल सार्वजनिक गरिएको हो।

बलमा प्रयोग गरिएको ‘अल रिल्हा’को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुङ्गा र झन्डाबाट प्रेरित रहेको बताइएको छ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो। एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दाबी गरेको छ।

फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो सयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए। यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदै छ। यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved