मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ

नेपालभ्युज

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ

जनकपुरधाम। मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन्। चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरु मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय घेराउ गर्न खोज्दा पक्राउ परेका हुन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतको अनुसार निषेधित क्षेत्र तोडर मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमाभित्र प्रवेश गर्न खोज्दाहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेका २७ महिला र १२ पुरुष गरी ३९ जनालाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको बस्नेतले जनाए।

सिराहाको मिर्चैया नगरपालिका स्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाममा व्यक्तिले कब्जा गरि बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियान्ताहरू मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए।

अभियानका संयोजक सुनिल कुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेसका भूमिहीनहरूलाई भूमिप्रतिको अधिकार दिने भनेर पटक–पटक गरेको प्रतिवद्धता कार्यान्वय नगरेकोले आफूहरू आन्दोलनमा उत्रिएको बताए।

चुरे संरक्षण र सुकुम्बासी समस्याससँग समबन्धित अभियन्ताहरूसँग मधेश सरकारले गरेको सात बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्। ६ महिना अघि अभियानका नेताकार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बसेका थिए। मधेश सरकारसँग ७ बुँदे सहमति भएपछि उक्त अनशन तोडिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved