धनुषामा बालिका अपहरण घटनाका तीन आरोपित सार्वजनिक

नेपालभ्युज

धनुषामा बालिका अपहरण घटनाका तीन आरोपित सार्वजनिक

जनकपुरधाम । धनुषामा बालिका अपहरण घटनामा पक्राउ परेका तीनजनलाई आरोपीतहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट ४ वर्षीया बालिकालाई अपहरण गरेको घटनामा संलग्न आरोपमा तीन जना आरोपितलाई प्रहरीले सार्वजानिक गरेको हो।

पक्राउ पर्नेहरुमा धनुषाधाम नपा– ३ सिकियाही वस्ने वर्ष २१ वर्षीया अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय रवि कुमार दास र कमला नपा–८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकमा डेरा गरी वस्ने २० वर्षीय अभिषेक चन्द्र दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले रहेका छन्।

उनीहरुले बालिकालाई अपहरण गरि अभिभावकसँग १५ फिरौती वापतको रकम माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
बालिका आफ्नै डेरामा खेली रहेको समयमा चैत १० गते सम्पर्कविहीन भएपछि चैत ११ गते प्रहरीले सकुशल उद्धार गरेको थियो। घटनामा संलग्न भएको आशंकामा ७ जनालाई गिरफतार भएका थिए।

अनुसन्धानको क्रममा ४ जना निर्दोष देखिएकोले छाडिएको र ३ जना सलग्न आरोपित देखिएकाले अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved