पुटिन शक्तिमा रहनेछैनन् : बाइडेन

नेपालभ्युज

पुटिन शक्तिमा रहनेछैनन् : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्यादिमिर पुटिन शक्तिमा रहिरहन नसक्ने बताएका छन्। पोल्यान्डमा आयोजित कार्यक्रममा उनले पुटिनलाई कसाईको संज्ञा समेत दिए।
उनले युक्रेनमा आक्रमण गरेर रुस रणनीतिक रुपमा असफल भइरहेको दाबी गरे। यता, रूसले बाइडेनको भाषणप्रति आपत्ति जनाएको छ। ‘‘को सत्तामा रहन्छ भनेर बाइडेनले निर्णय गर्ने होइन, रूसका राष्ट्रपति रूसी जनताबाट निर्वाचित भएका हुन्,’’ क्रेमलिनले भनेको छ।
क्रेमलिनको यस्तो प्रतिक्रियापछि ह्वाइटहाउसले स्पष्टीकरण दिदैं भनेको छ, ‘‘राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा कायम रहने छैनन् भन्नुको अर्थ उनले रूसको सत्ता परिवर्तनको माग गरेका होइनन्।’’
ह्वाइटहाउसका एक अधिकारीले भने,‘‘पुटिनलाई आफ्ना छिमेकी वा क्षेत्रमाथि शक्तिको रवाफ देखाउने अनुमति छैन भनेका हुन्।’’
यसैबीच लिभ शहरको पश्चिमतर्फ आइतबार बिहानैदेखि शक्तिशाली बिस्फोटका आवाजहरु सुनिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved