एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको नयाँ रेकर्ड

यसअघि, मल्लकाे नाममा रहेकाे १९ खेलमा ४८० रनकाे रेकर्ड राेहितले ताेडेका हुन्।

नेपालभ्युज

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको नयाँ रेकर्ड

काठमाडौं । नेपाली क्रिकेट खेलाडी रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्।

पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको रेकर्ड तोडेका हुन्।

यसअघि, मल्लको नाममा रहेको १९ खेलमा ४८० रनको रेकर्ड रोहितले तोडेका हुन्। युवा ब्याटर रोहितले १६ खेलमा नै मल्लको नाममा रहेको रेकर्ड आफ्नो नाममा लेखाएका हुन्।

पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै रोहितले नयाँ रेकर्ड बनाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved