कलंकीमा कार दुर्घटना, चार जना घाइते

एक सुजुकी कार अनियन्त्रित भएपछि मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नेपालभ्युज

कलंकीमा कार दुर्घटना, चार जना घाइते

काठमाडौं। काठमाडौंको कलंकीमा कारले चार वटा मोटरसाइकललाई ठक्कर दिँदा केही घाइते भएका छन्।  एक सुजुकी कार अनियन्त्रित भएपछि मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संन्जिब दासले बताए। कारले मोटरसाइकललाई ठक्कर दिएर सडकको बारमा ठोक्किएको छ।

ट्राफिक प्रहरीका अनुसार घाइते ४ जनाको उपचार भइरहेको छ। घाइतेहरूको नाम ठेगाना खुलेको छैन। विस्तृत विवरण आउन बाँकी छ। दुर्घटना भएको कारमा मदिरा समेत भेटिएको छ। मदिरा सेवन गरेर सवारी चलाएकाले दुर्घटना भएको हुनसक्ने अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved