‘माथिल्लो अरुण परियोजनामा ढुक्क भएर लगानी गर्नुहोस्’

उनले लगानीकर्ताहरूले लगानी फस्छ भनेर डराउनु नपर्ने बताए। परियोजननाको लागि लगानी कोष मात्रै १ खर्ब लगानी गर्न तयार रहेकोमा सञ्चय कोष, बैंक, बीमा संस्थान र कम्पनीहरू समेत लगानी गर्न इच्छुक रहेको जानकारी दिए।

नेपालभ्युज

‘माथिल्लो अरुण परियोजनामा ढुक्क भएर लगानी गर्नुहोस्’
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताएका छन्।

मंगलबार नेपाल विद्युत प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममाअर्थमन्त्री शर्माले परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताएका हुन्। उनले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे।

उनले लगानीकर्ताहरूले लगानी फस्छ भनेर डराउनु नपर्ने बताए। परियोजननाको लागि लगानी कोष मात्रै १ खर्ब लगानी गर्न तयार रहेकोमा सञ्चय कोष, बैंक, बीमा संस्थान र कम्पनीहरू समेत लगानी गर्न इच्छुक रहेको जानकारी दिए।

उनले सरकार माथिल्लो अरुण मात्रै नभएर अरुणसँगै बुढीगण्डकी, मुगु कर्णाली लगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको बताए। परियोजना निर्माणको लागि वस्तुवादी योजना नीति तथा कार्यक्रम बनाएर ठूला परियोजनाको निर्माण अगाडि बढाउन जरुरी रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved