भारतीय हास्य कलाकार राजपाल यादव नेपाल आउँदै

सर्लाहीको मलंगवामा १२ चैतमा हुने गोपाल सेवा समितिको ९ औँ राष्ट्रिय महाधिवेशनमा उनी आउन लागेका आयोजकले जानकारी दिएको छ।

नेपालभ्युज

भारतीय हास्य कलाकार राजपाल यादव नेपाल आउँदै

काठमाडौं। भारतका चर्चित हास्य कलाकार राजपाल यादव नेपाल आउने भएका छन्। सर्लाहीको मलंगवामा १२ चैतमा हुने गोपाल सेवा समितिको ९ औँ राष्ट्रिय महाधिवेशनमा उनी आउन लागेका आयोजकले जानकारी दिएको छ।

मलंगवा नगरपालिका वडा न २ स्थित कभर्ड हलमा हुन लागेको महाधिवेशनमा उनलाई प्रमुख अतिथि बनाएर ल्याउन लागिएको समितिका राष्ट्रिय अध्यक्ष कौशल यादवले जानकारी दिए। राजपाल मलंगवामा आउने भएपछि उनलाई प्रत्यक्ष रूपमा हेर्न जिल्लावासी उत्साहित भएका छन्।

गोपाल सेवा समितिका अध्यक्ष कौशल यादवले महाधिवेशनमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्। जिल्लामै पहिलो पटक भारतीय फिल्म कुनै स्टार पहिलो पटक आउन लागेका उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved