हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

नेपालभ्युज

हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
सांकेतिक तस्वीर।

हेटौंडा। हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ।

मंगलबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए।

घरायसी विवादका कारण ४१ वर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान् ४३ वर्षीय मित्र लाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी जनाएको छ।

श्रीमतीको कुटाइबाट घाइते भएका सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved