होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा धनुषाबाट चार जना पक्राउ

६६ वटा सवारीसाधन नियन्त्रण

नेपालभ्युज

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा धनुषाबाट चार जना पक्राउ
सांकेतिक तस्वीर

जनकपुरधाम। धनुषामा होली मनाउने क्रममा अत्यधिक मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ६६ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख नवराज न्यौपानेले बिहानबाट जिल्लाभर ट्राफिक नियम उल्लंघन गरिएको आरोपमा कुल ६६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको बताए।

जिल्लामा कागजपत्रबिना मोटरसाइकल चलाएका ६६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जसमध्ये मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाएका २७ र तीन जना सवार भई मोटरसाइकल चलाएका ४२ सवारी साधन रहेको ट्राफिक कार्यालय प्रमुख न्यौपानेले बताए।

ट्राफिक कार्यालय प्रमुख न्यौपानेले उपमहानगरपालिकाभित्र ट्राफिक नियम उल्लंघन गरेकाहरूलाई जरिवाना काटेर छाडिएको र मापसे गरेका चालकलाई नियन्त्रणमै राखिएको जनाए। उनले अन्यमा पक्राउ परेकाहरूको सम्बन्धित आफन्तको रोहबरमा कागजपत्र ल्याएर सवारी फिर्ता गरिएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved