रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर

नेपालभ्युज

रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर
सांकेतिक तस्वीर।

जनकपुरधाम। कटहरीया नगरपालिका-९ डुमरिया गाउँमा होली मनाउने क्रममा शुक्रबार राति झडप भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया-९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन्।

घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ। उनीहरूलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले वडाध्यक्ष रामाज्ञा यादवसहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved