रूस-युक्रेन युद्धले भारतमा पेट्रोलको भाउ प्रतिलिटर ४० रुपैयाँ बढ्ने

नेपालभ्युज

रूस-युक्रेन युद्धले भारतमा पेट्रोलको भाउ प्रतिलिटर ४० रुपैयाँ बढ्ने

रूस–युक्रेन युद्धका कारण बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नाघेको छ। जसको कारणमा छिमेकी मुलुक भारतमा पनि आउँदा दिनमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखिएको छ।

पछिल्ला १२० दिनदेखि भारत पेट्रोलियम पदार्थको मूल्य बढेको छैन। तर हाल आएर ७० प्रतिशतले कच्चा तेलको मूल्य वृद्धि भएको हो। भारतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुनुलाई भारतीय प्रधानमन्त्री नरेन्द्रको चुनावी रणनीतिका रूपमा लिन थालिएको छ। उनले विधानसभा चुनावलगत्तै मूल्यवृद्धि गर्न सक्ने अनुमान गरिएको छ।

यतिबेला भारतको उत्तर प्रदेशसहित पाँच राज्यमा विधानसभाको निर्वाचन भइरहेको छ। यसको नतिजा मार्च १० मा आउने अनुमान गरिएको छ। यसै कारण आगामी सातादेखि पेट्रोलियम पदार्थमा मूल्य बढ्ने अनुमान गरिएको छ।

विश्लेषकहरूले पेट्रोल र डिजेलको मूल्यवृद्धि एकैपटक नभई हरेक दिन हुन सक्ने अनुमान गरेका छन्।

कच्चा तेलको मूल्यमा भएको बढोत्तरीको सीधा असर नेपालमा पनि पर्ने देखिएको छ। यही १७ फागुनमा नेपाल आयल निमगले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा फेरि पनि मूल्य वृद्धि गर्न सक्ने संकेत गरिसकेको छ। भारतबाट बढेर आएकाले थप घाटा बेहोर्न नसिकिने भन्दै निगमले मूल्य समायोजन (बढाउने) संकेत गरेको थियो।

आईआईएफएल सेक्युरिटीजका उपाध्यक्ष अनुज गुप्ताले भने, “अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलर नाघेको छ । यसैबीच, तेल कम्पनीहरूले मंसिर ३ गतेदेखि पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेका छैनन् । तर त्यसयता कच्चा तेल प्रति ब्यारेल ४० डलरभन्दा महँगो भएको छ।

भारतीय इन्फोलाइन फाइनाइन्स लिमिटेडका उपाध्यक्ष अनुज गुप्ताले भने, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नाघेको छ। यसैबीच, तेल कम्पनीहरूले ३ नोभेम्बरदेखि पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेका छैनन्। तर त्यसयता कच्चा तेल प्रतिब्यारेल ४० डलरभन्दा महँगो भएको छ।’

त्यसैले पेट्रोल र डिजेलको मूल्य २० देखि २५ भारुसम्म बढ्न सक्ने उनले बताएका छन्।

मूल्यवृद्धिको संकेत गरेको आयल निगमको याचनाः आपूर्ति सहज बनाउन निकै कठिन भयो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved