मूल्यवृद्धिको संकेत गरेको आयल निगमको याचनाः आपूर्ति सहज बनाउन निकै कठिन भयो

नेपालभ्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको भन्दै मूल्य समायोजन (बढाउने) संकेत गरेको छ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले आज भारतबाट नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। जहाँ सबैखाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाइएको छ।

रूस-युक्रेन तनावका कारणसमेत पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको निगमले उल्लेख गरेको छ। आगामी १५ दिनमा निगमलाई पेट्रोलियम पदार्थामा तीन अर्ब ९ करोड रुपैयाँ नोक्सान हुने निगमको प्रक्षेपण छ।

हालसम्म २८ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको जनाएको निगमले ऋण लिनुपर्ने बाध्यतात्मक स्थिति सिर्जना भएको पनि जनाएको छ। पेट्रोलियम पदार्थको स्वाचालित मूल्य प्रणाली कार्यान्वयन २०७१ अनुसार आपूर्ति व्यवस्था सहज बनाइराख्न सानो मूल्य समायोजन (भाउ बढाउँदा) गर्दा अझै प्रतिमहीना ६ अर्ब नोक्सानी हुने स्थिति रहेको पनि निगमले जनाएको छ।

आफ्नो प्रशासकीय तथा सञ्चालन खर्च प्रतिलिटर ६० पैसा मात्र रहेकाले हाल विकास निर्माणका नयाँ कामहरू स्थगित गर्ने सोचमा निगम रहेको जनाएको छ। पेट्रोलियम पदार्थ खरीदका लागि चाहिने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइराख्न आउँदा दिनमा निगमलाई निकै कठिनाइ हुने पनि उसले जनाएको छ।

निगमले हाल पेट्रोलमा २९ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा बेहोरेर आईओसीसँग खरीद गरिरहेको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved