अब एमसीसी नेपालको स्वाधीनता तलमाथि नहुनेगरी कार्यान्वयन हुनुपर्छः ओली

नेपालभ्युज

अब एमसीसी नेपालको स्वाधीनता तलमाथि नहुनेगरी कार्यान्वयन हुनुपर्छः ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओलीले एमसीसी पारित भइसकेपछि नेपालको स्वाधीनतामा तलमाथि नहुनेगरी कार्यान्वयन हुनुपर्ने बताएका छन्। एमसीसीलाई संसदमा वातावरण बनाएर छलफल गर्न नदिएको आरोप लगाएका ओलीले आफूहरूमाथि सत्ता गठबन्धनले संसदमा ज्यादतीपूर्ण व्यवहार गरेको पनि आरोप लगाए।

एमसीसीबारे धारणा राख्न एमालेले गरेको पत्रकार सम्मेलनमा उनले दातृ तथा मित्रराष्ट्रहरूबाट सहयोग लिन नहुने भन्ने तर्क गरे। सहयोग र अनुदान देशको हितमा छ भने लिनुपर्ने बताए। राष्ट्रिय आवश्यकभत्रि पर्छ भने सहयोग लिनुपर्ने बताए।

“कुनै पनि सहयता वा लगानी आमन्त्रण गर्छौं स्वकार्छौं। हाम्रो आवश्यकताभित्र पर्छ भने स्विकार्छौं। राष्ट्रिय हितअनुकूल छैन भने स्वाभिमानमा धक्का पार्छ भने हामी स्विकार्दैनौं। यो सम्झौताभन्दा अगाडि विचार गर्नुपर्छ। त्यसमा भएका भाषाले फरक पार्छ भने विचार गर्नुपर्छ,” ओलीले भने।

सत्ता गठबन्धनका प्रमुख घटकहरूले आफूहरूसँग एमसीसीबारे परामर्श नगरेका र परामर्श गर्ने आवश्यकता नठानेनका पनि बताए। एमसीसीबारे भन्दा पनि आफ्नो पार्टी फुटाएको र संसदभित्र छलफल हुन नपाएको प्रति लामो समय व्याख्या गरेका ओलीले एमसीसी अब

आफू सरकारमा हुँदा अमेरिकी प्रक्रियामा एमसीसी रहे पनि यो विषय एकपक्षीय हैन दुईपक्षीय भएको बताए। भने, “प्रदीप ज्ञवाली अमेरिका गएर एमसीसीलाई आईपीएसको अंग बनाइको हल्ला चलाइयो,” नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले निर्लज्ज हल्ला चलाइएको पनि बताए।

एमसीसीलाई राजनीति नगरी विकास परियोजनाका रूपमा ल्याउनुपर्नेमा विवादित बनाइएको उनको आरोप थियो।

आफ्ना कार्यकर्तालाई माओवादीले सडकमा हिंसात्मक रूपमा उतारेका पनि उनले बताए। “यस्ता नक्कली कुरा हामीले गर्नु हुँदैन। प्रचण्ड र माधव नेपालले कार्यकर्ता उकासे। बाटो भत्काउन लगाए। वातावरण बिगारे। उनीहरूले केवल सत्ता जोगाउन एमसीसी ल्याए।”

सत्ता गठबन्धन र समामुखप्रति आलोचनामा समय खर्चिएका ओलीले लोकतन्त्र र संविधानको रक्षाको पक्षमा उभिन खोजेको बताए। ओलीले भने, “हामी जे भन्छौं त्यहीँ गर्छौं ओठे भक्ति गर्दैनौं। सबै छिमेकीसँग सुमधुर सम्बन राख्छौं।”

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved