एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरेर एमसीसीबारे धारणा दिने

नेपालभ्युज

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरेर एमसीसीबारे धारणा दिने

काठमाडौं। व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसीसीबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने भएको छ।

पार्टीका अध्यक्ष केपी ओलीले एमसीसीलगायत मुलुकको विकसित परिस्थितिबारे आज पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने भएका हुन्। दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved