लेखक मैनालीद्वारा अनुदित ‘आकाशमुखी’ बजारमा

नेपालभ्युज

लेखक मैनालीद्वारा अनुदित ‘आकाशमुखी’ बजारमा

काठमाडौं। लेखक, पत्रकार एवम् अनुवादक मोहन मैनालीद्वारा अनूदित पुस्तक ‘आकाशमुखी’ लोकार्पण भएको छ।
शनिबार काठमाडौंमा आयोजित समारोहमा अध्येताद्वय हरि शर्मा र सगुना शाहका साथमा मोहन मैनालीले पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तकको टिप्पणी गर्दै हरि शर्माले भने, ‘‘मोहनजीद्वारा छनोट भएका निबन्ध र तिनको अनुवाद, अनुवाद लाग्दैन, लाग्छ यो मौलिक पुस्तक हो। पुस्तकमा छानिएका निबन्धले पश्चिमा समाजको जीवन र समाज परिवर्तन कथा बुनिरहँदा तिनले हामीलाई सफलताका निम्ति अनन्त यात्राको प्रेरणा दिन्छन्। यो नै आकाशमुखीको सफलता हो।” साथै शर्माले यो पुस्तक आफ्ना सन्तानलाई पढ्न सबैले सिफारिस गर्नु पर्ने बताए। उनले भने, ‘‘म चाहन्छु, यस्तो किताब त विद्यालयको कोर्समा होस्।”

‘‘नारी शिक्षा, समानता, स्वतन्त्रताका लागि पश्चिमा समाजले कसरी संघर्ष गरेको थियो र हाम्रो समाजको सबै वर्गको चेतनाका निम्ति यो पुस्तक प्रेरक हुन सक्छ,” कार्यक्रममा पुस्तकमाथि टिप्पणी राख्ने क्रममा सगुना शाहले भनिन्, ‘‘के हामी आजको समयमा आइपुग्दा पनि आकाशमुखी हुन सकेका छौँ त ?”

वक्ताद्वयले पुस्तक नेपाली साहित्यका निम्ति उम्दा खुराक रहेको बताए।

पुस्तकका निबन्ध छनोट र अनुवादबारे मोहन मैनालीले आफ्ना विचार राखेका थिए। उनले भने, ‘‘जब अफ्ठेरो परिस्थितिमा कुनै काम गरिन्छ, त्यसको नजिता पक्कै पनि विश्वसनीय हुन्छ १ यो कोरोनाकालको सन्तान हो।”

बुकहिलले प्रकाशन गरेको १६० पृष्ठको पेपरब्याक संस्करणको मूल्य ३३३ रुपैयाँ राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved