ओलीलाई भेट्न पुगे प्रचण्ड

नेपालभ्युज

ओलीलाई भेट्न पुगे प्रचण्ड

काठमाडौं । संसद भवनमा रहेको प्रमुख प्रतिपक्ष दलका नेताको कार्यकक्षमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू पुगेका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच भएको वार्तालगत्तै माओवादी केन्द्रका नेता ओलीलाई भेट्न पुगेका हुन्।

भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ र शक्ति बस्नेत सहभागी छन्।

गठबन्धनमा रहेका माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित गर्न असहयोग गर्ने भएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए। देउवा–ओली भेटलगत्तै ओलीलाई भेट्न माओवादी केन्द्रका नेताहरू पुगेका हुन्।

आजै साँझ प्रधानमन्त्री देउवा–ओली भेट हुने गरी यसअघिको बैठक सकिएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved