गायक जयनन्द लामाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नाचघरमा राखिने

बुधबार मृत्यु भएका गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिँदै छ।

नेपालभ्युज

गायक जयनन्द लामाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नाचघरमा राखिने

काठमाडौं। बुधबार मृत्यु भएका गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिँदै छ। कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि बिहान १० बजे उनको शवलाई राष्ट्रिय नाचघरमा राख्न लागिएको हो।

लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले दुःख व्यक्त गरेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– २ धार्पामा जन्मिएका ६६ वर्षीय लामा भक्तपुरस्थित कौशलटारमा बस्दै आएका थिए।

बुधबार बिहान लामा आफ्नै घर अगाडि मृत फेला परेका थिए। गाडिबाट ओर्लने क्रममा अल्झिएर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लोक गायक तथा सङ्कलक लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै सङ्कलन गरेका छन्। उनी अभिनयमा पनि सक्रिय थिए।

लामाले गाएका ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘मुलाको चाना’, ‘सलल पानी’ लगायतका गीत लोकप्रिय छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved