नेपालका कुशल भुर्तेलले शतक प्रहार गर्दा फिलिपिन्सले पायो २१९ रनको विजयी लक्ष्य

यसअघि, नेपाली खेलाडीहररू पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्रै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए।

नेपालभ्युज

नेपालका कुशल भुर्तेलले शतक प्रहार गर्दा फिलिपिन्सले पायो २१९ रनको विजयी लक्ष्य

काठकाडौं। कुशल भुर्तेल टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन्। विश्वकप छनाेटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन्। उनी १०४ रनमा नटआउट रहे।

यसअघि, नेपाली खेलाडीहररू पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्रै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली ब्याटरले अर्को पनि रेकर्ड बनाएका छन्। आज नेपाली ब्याटर भुर्तेल र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका छन्, जुन टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटका लागि नेपाली ब्याटरले गरको अहिलेसम्मै ठूलो साझेदारी हो।
यसअघि, पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए। भुर्तेलको शतकसँगै नेपालले फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेर २१८ रन बनाएको नेपालका लागि ओपनर दीपेन्द्रले ४७ बलमा ८३ रन जाेडे भने कुशल मल्लले १२ तथा लाेकेश बमले ६ रन बनाए। ओपनर आशिफ शेखले खाता खाेलेनन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved