संकटमा परेको सत्ता गठबन्धनको बैठक शुरु

एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भइरहँदा संकटमा परेको सत्ता गठबन्धनको बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सत्ता गठबन्धनको शीर्ष नेताहरु छन्।

नेपालभ्युज

संकटमा परेको सत्ता गठबन्धनको बैठक शुरु

काठमाडौं। एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भइरहँदा संकटमा परेको सत्ता गठबन्धनको बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सत्ता गठबन्धनको शीर्ष नेताहरु छन्।

यसअघि हिजोको निर्णायक भनिएको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो। दलहरू आ–आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ। आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ। त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफल थालेका हुन्।

सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए। उनीहरु एमसीसीको विपक्षमा छन्। कांग्रेस भने पक्षमा छ।

प्रचण्ड निकट एक नेताका अनुसार पार्टीले लिएको पूर्व अडानमा पार्टी कायमै छ। पार्टीको महाधिवेशनबाट नै यथास्थितिमा एमसीसी पारित गर्न नहुने निर्णय भएका कारण पार्टी आफ्नो अडानबाट पछि हट्ने अवस्था नरहेको समेत उनको दाबी छ। एमसीसी धकेल्ने प्रयासमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी छन्। एकीकृत समाजवादीको भोलि बस्ने स्थायी समितिको बैठकसम्म टेबुल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने तयारीमा तीन दलका नेता जुटेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved