१७३ बोतल लागुऔषधसहित दुईजना पक्राउ

नेपालभ्युज

१७३ बोतल लागुऔषधसहित दुईजना पक्राउ

मकवानपुर । प्रहरीले १७३ बोतल अवैध लागुऔषध डायलेक्स डीसीसहित दुईजनालाई पक्रेको छ। पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९४५० नम्बरको अटोबाट लागुऔषधसहित दुइजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अटो चालक भारत बिहार रक्सौल पूर्वी चम्पारण बस्ने ३० वर्षीय अरविन्द कुमार पाण्डे र अटोमा रहेका रक्सौल बस्ने २६ वर्षीया अमिता सा रहेका छन्।

उनीहरुले अटोमा लुकाएर ल्याएको १७३ बोतल डायलेक्स डीसी नामको लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुबैजनालाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved