लतालाई आमा बनाएका थिए बप्पीले, काखमा बसेर हुर्केका थिए

नेपालभ्युज

लतालाई आमा बनाएका थिए बप्पीले, काखमा बसेर हुर्केका थिए

स्वर कोकिला लता मंगेशकरपछि अर्का प्रसिद्ध भारतीय संगीतकार बप्पी लहरीको शरीर यो संसारबाट बिदा भयो।

६९ वर्षको उमेरमा मंगलबार बप्पीको निधन भयो। १० दिनअघि मात्र ६ फेब्रुअरीमा लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको थियो। लताको निधनमा बप्पीले सामाजिक सञ्जालमा आफ्नो बाल्यकालको तस्बिर शेयर गर्दै लताप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

बप्पी लहरी लतालाई आमा भनेर सम्बोधन गर्थे

बप्पीले फोटो शेयर गर्दै क्याप्सनमा लतालाई आमालाई सम्बोधन गरेका थिए। उक्त तस्बिरमा साना बप्पी लताको काखमा बसेका देखिन्छन्। उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बप्पी र लता मंगेशकरबीच रगतको नाता नभए पनि दुवै एकअर्काका लागि आमा छोराभन्दा कम थिएनन्।

बप्पी लतालाई वास्तविक माता सरस्वती मान्दथे। जब बप्पीले लताको मृत्युको खबर पाए, उनी स्तब्ध भएका थिए। उनी आफैँ एकदमै बिरामी थिए, तर ‘आमा’ गुमाउनुको पीडा उनले सहन सकेनन्।

लताको निधनले बप्पी लाहिरी निकै दुःखी थिए। लताको मृत्युपछि बप्पी लाहिरीले एक अन्तर्वार्तामा उनीसँगको सम्बन्धबारे खुलेर कुरा गरेका थिए। लताको मृत्युले मर्माहत भएका बप्पीले आफूलाई सम्हाल्न सकेका थिएनन्। उनले रोएर भनेका थिए, ‘धेरैले भन्छन् उनी माता सरस्वतीको अवतार थिइन्। म भन्छु सरस्वती माता थिइन्। म उहाँलाई हजार पटक प्रणाम गर्छु। मैले आमा गुमाएँ।’

बप्पी लाहिरीले थप भनेका थिए, ‘म सानो छँदा उहाँको काखमा बसेको थिएँ। गत वर्ष जब मलाई कोरोना भयो, म १४ दिनसम्म ब्रीच क्यान्डी अस्पतालमा थिएँ। आमाले हरेक दिन मेरी श्रीमतीलाई फोन गर्नुहुन्थ्यो। हरेक दिन साँझ ७ बजे फोन गर्नुहुन्थ्यो।’

अस्पतालबाट घर आउँदा पनि उहाँ निकै चिन्तित हुनुहुन्थ्यो, २७ नोभेम्बर २०२१ मा उहाँले मलाई आफ्नो आशीर्वादसहित एक सुन्दर पत्र र उपहार पठाउनुभएको थियो। राम-लक्ष्मण-हनुमानको चाँदीको मूर्ति थियो। मेरी श्रीमतीको लागि सारी पनि थियो। उहाँले मलाई छोराझैं मान्नुहुन्थ्यो। मलाई २ वर्षको उमेरदेखि नै चिन्नुहुन्थ्यो उहाँले। कोलकाताको हाम्रो घरमा आउनुहन्थ्यो उहाँ।’

‘उहाँबिना म केही पनि गर्न सक्दिनथें’

पुरानो एक अन्तर्वार्तामा बप्पीले लता मंगेशकरको सहयोग नभएको भए आफूले केही गर्न नसक्ने बताएका थिए। उनले भनेका थिए, ‘म ४ वर्षको थिएँ जब लताजी घर आएर मलाई आशीर्वाद दिनुभयो, कोलकाताको इडेन गार्डेन इलाकामा जहाँ हामी बस्थ्यौँ। मसँग उनको काखमा बसेको मेरो फोटो अझै छ।’

उनले भनेका थिए, ‘उहाँले मेरा बुबा अपरेश लाहिरीसँग लागि धेरै बंगाली गीत गाउनुभयो। जो कोलकाताका चर्चित संगीतकार थिए। त्यसयता उहाँले मलाई साथ दिनुभयो। मेरो पहिलो रचना बंगाली फिल्म ‘दादु’ को लागि थियो, जुन उहाँले गाउनुभएको थियो। त्यतिबेला उहाँले मेरा लागि गीत नगाइदिनुभएको भए म प्रतियोगितामा सहभागी हुने थिइनँ। लता मंगेशकरजस्तो कोही फेरि कहिल्यै हुनेछैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved