यथास्थितिमा एमसीसी पास गरे सडक र सदन तताउने झलनाथ खनालको चेतावनी

नेपालभ्युज

यथास्थितिमा एमसीसी पास गरे सडक र सदन तताउने झलनाथ खनालको चेतावनी

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।

सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्‍याए।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौतामा गम्भीर खालका राष्ट्रिय हितविपरीत कुरा रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्कसमेत गरे।

खनालले यथास्थितिमा एमसीसी संसदमा टेबुल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे।

“नेपालको हितलाई सर्वोपरी राखेर यो यो सम्झौता शुरुमै भएन। नेपाली जनतालाई थाहा नै नदिइकन, राम्ररी अध्ययननै नगरिकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझीकन र त्यसका दस्तावेजहरू राम्रोसँग अध्ययन समेत नगरीकन नेपाली जनतालाई गुमराहमा राखेर यो सम्झौता गरिएको हो। यो सम्झौता भित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हितविपरीतका कुराहरू छन। त्यो कुरा नसच्चिकन र ती कुराहरूमा सुधार नभइकन एमसीसी पास हुन सक्दैन। कतिपय कुराहरू मिल्दैनन्। त्यसमा जबर्जस्ती ठेल्न मिल्दैन। असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ? हुँदैन। यसको विरोध सरकारमा पनि हुन्छ। सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ।”

सम्मानित नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved