एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय, जबरजस्ती गरे गठबन्धन छाड्ने

नेपाली कांग्रेसले जबरजस्ती एमसीसी अगाडि लैजाने निर्णय गरेको अवस्थमा माओवादी केन्द्रले सत्ता गठबन्धन नै त्याग्ने बताएको छ।

नेपालभ्युज

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय, जबरजस्ती गरे गठबन्धन छाड्ने
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ।

आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए विपक्षमा उभिने निर्णय गरेको हो।

नेपाली कांग्रेसले जबरजस्ती एमसीसी अगाडि लैजाने निर्णय गरेको अवस्थमा माओवादी केन्द्रले सत्ता गठबन्धन नै त्याग्ने बताएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी बिनासंशोधन अघि नबढाउने संसदीय दलले निर्णय गरेको बताए। कांग्रेसले एकलौटी रुपमा एमसीसी अघि बढाए गठबन्धन टुट्न सक्ने गुरुङले बताए।

संसदीय दलको बैठकले एमसीसीमा राष्ट्रिय सहमति गर्न पनि आग्रह गरेको गुरुङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved