कार्यसूचीमा एमसीसी समेट्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

नेपालभ्युज

कार्यसूचीमा एमसीसी समेट्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं। एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल गर्न तथा कार्यसूचीमा समेट्नका लागि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बुधबार बिहान परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो। एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल गर्न तथा कार्यसूचीमा समेट्नका लागि बैठक बोलाइएको बताइएको छ।

यसअघि दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुँदै आएको थियो। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र कार्यसूचीमा एमसीसी समेट्न आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved