सर्लाहीको ईश्वरपुरमा एमसीसीविरुद्ध नेकपा समाजवादीको पदर्शन

नेपालभ्युज

सर्लाहीको ईश्वरपुरमा एमसीसीविरुद्ध नेकपा समाजवादीको पदर्शन

सर्लाही । नेकपा एकीकृत (समाजवादी पार्टी) ले सर्लाहीको ईश्वरपुरमा पनि एमसीसीविरुद्ध प्रदर्शन गरेको छ।

बयलबास बजारमा भएको प्रदर्शनमा आइतबार उनीहरूले ‘एमसीसी चाहिँदैन’ लगायत नारा लगाएका थिए। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका नगर सदस्य मीन बहादुर गोलेले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए।

बयलबासको भएको विरोध प्रदर्शमा नेता रूपनारायण सिंहले एमसीसी परियोजनाबारे सहमति नगरिकन संसदनमा लैजानै नहुने अडान लिए। एमसीसी संसदमा कीरा भएको र कीरा नष्ट गर्नैपर्ने बताए।

सर्लाहीको हरिवन नगरपालिकामा पनि पार्टीले एमसीसीको विरोध जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved