९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

श्रेष्ठ, भुसाल र गुरुङको प्रस्तावमा उनीहरुसहित ९८ सांसदले हस्ताक्षर गरेका छन्।

नेपालभ्युज

९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ। सत्ता गठबन्धन दलहररू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सांसदहरूले महाअभियोग दर्ता गरेका हुन्।

सत्ता गठबन्धनले दर्ता गरेको महाअभियोगको प्रस्तावकमा जीवनराम श्रेष्ठ, पुष्पा भुसाल र देव गुरुङ रहेका छन्।

श्रेष्ठ, भुसाल र गुरुङको प्रस्तावमा उनीहरुसहित ९८ सांसदले हस्ताक्षर गरेका छन्।

जबराविरुद्ध नेपाल बार एसोसिएसनले विगत १०७ दिनदेखि लगातार आन्दोलन गरिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा भागबण्डा खोजेको र अदालतको नेतृत्वमा बसेर सरकारसँग बार्गेनिङ गरेको भन्दै जबराविरुद्ध बारले आन्दाृेलन गरिरहेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved