आज देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहने

नेपालभ्युज

आज देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहने

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावले आज (आइतबार) दिउँसो देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि मौसम सामान्यतया सफा रहने अनुमान छ। अन्यत्र मौसम सफा रहेको र तराईका केही भू–भागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।

पश्चिमी वायु प्रणालीका कारण हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

तराई भू–भागका तथा नदीतटीय क्षेत्रमा लागेको हुस्सु कुहिरो बिस्तारै हटेर जाने महाशाखाले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved