गण्डकी प्रदेशमा फागुनदेखि सार्वजनिक यातायातको नयाँ भाडादर लागू हुने

नेपालभ्युज

गण्डकी प्रदेशमा फागुनदेखि सार्वजनिक यातायातको नयाँ भाडादर लागू हुने

पोखरा। गण्डकी प्रदेशमा १ फागुनदेखि सार्वजनिक यातायातको नयाँ भाडादर लागू हुने भएको छ। प्रदेश सरकारले यसअघि नै २३ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेकोमा नयाँ भाडादर भने तोकिएको थिएन।

सरकारले २७ माघमा राजपत्रमा सूचना प्रकाशन गरेर फागुनदेखि लागू हुनेगरी नयाँ भाडादर निर्धारण गरेको छ। प्रदेशमा लामो दूरीको बसमा २३.१ प्रतिशत र नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा बढेको छ।

नयाँ भाडादरअनुसार सिटी बसमा पहिलो ३ किमिसम्म २० रुपैयाँ र त्यसपछि प्रतिकिमि २.५० रुपैयाँ भाडा कामय भएको छ। यस्तै २० किमिभन्दा लामो रुटमा चल्ने सिटी बसले पनि २.५० रुपैयाा प्रतिकमिका दरले भाडा लिन पाउनेछन्।

प्रदेशभित्र चल्ने बस प्रतिकिमि ३.१० रुपैयाँ कायम भएको छ। पक्की बाटोमा चल्ने जीपले प्रतिकिलोमिटरमा ५.५० रुपैयाँ भाडा हिसाब गरेर लिन पाउनेछन्।

यसैगरी १५ किमिसम्मको फ्लाडाउनसहित प्रति २०० मिटरको १० रुपैयाँ तोकिएको छ।

 

नयाँ भाडादर

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved