इङ्लिस प्रिमियर लिग: जोटाको दुई गोलले लिभरपुल विजयी

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ। डिएगो जोटाको दुई गोलको मद्दतले लिभरपुलले लेस्टर सिटीलाई २–० ले हराएको हो।

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग: जोटाको दुई गोलले लिभरपुल विजयी

एजेन्सी। लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ। डिएगो जोटाको दुई गोलको मद्दतले लिभरपुलले लेस्टर सिटीलाई २–० ले हराएको हो। अर्को खेलमा आर्सनलले उल्भ्सलाई १–० ले हराएर आफ्नो शीर्ष स्थानको सम्भावना जीवन्त राख्यो।

लिभरपुल शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा अझै नौ अंकले पछाडि छ। तर, उसले एक खेल भने कम खेलेको छ। लिभरपुलको यो लगातार पाँचौँ जित हो। मोहम्मद सलाह बेञ्चमै रहेको र साडियो माने अझै नफिर्किसकेको स्थितिमा जोटा लिभरपुलको खेलको केन्द्र बिन्दु रहे।

उनले यस क्रममा दुई उत्कृष्ट अवसर सिर्जना गरे र २३ तथा ८७ औँ मिनेटमा गोल गरे। यो सिजनको उनको व्यक्तिगत गोल सङ्ख्या १७ पुगेको छ।

आर्सनलले हात पारेको जितमा भने ग्याब्रिएलले २५ औँ मिनेटमा निर्णायक गोल गरे। यो जितपछि आर्सनलको ३९ अंक भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved