कमल थापालाई राजीनामाबारे पुनर्विचार गर्न राप्रपाको आग्रह

नेपालभ्युज

कमल थापालाई राजीनामाबारे पुनर्विचार गर्न राप्रपाको आग्रह

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राजीनामा घोषणा गरेपछि बसेको पार्टीको बैठकले थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

थापाको घोषणाप्रति पार्टीले दुख व्यक्त गरेको छ। राप्रपाले थापाको निर्णयबाट विचलित नहुन र स्थानीय तहको निर्वाचनमा जुट्न पार्टी कार्यकर्तालाई आग्रह गरेको छ। राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापनाको मुद्दामा पार्टी अविचलित रहेको प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved