लापरवाहीले दुर्घटना भएको भन्दै राजमार्ग अवरुद्ध

मृतकका आफन्त तथा हेटौंडा–१ चाइनाक्वाटरका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी सडक अवरुद्ध गरेका हुन्।

नेपालभ्युज

लापरवाहीले दुर्घटना भएको भन्दै राजमार्ग अवरुद्ध

हेटौँडा। सवारी दुर्घटनामा परी मृत्यु भएको विषयलाई लिएर मंगलबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हेटौँडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर स्थानीयबासीले मंगलबार सडक अवरुद्ध गरेका हुन्।

मृतकका आफन्त तथा हेटौँडा–१ चाइनाक्वाटरका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी सडक अवरुद्ध गरेका हुन्।

सोमबार दिउँसो वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौँडा–१ चाइनाक्वाटर बस्ने ४० वर्षीय घिमिरेको मृत्यु भएको थियो।

बस चालकको लापरवाहीको कारण घिमिरेको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved