आजदेखि मतदाता नामावली संकलन स्थगित

नेपालभ्युज

आजदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम आज मंगलबारबाट स्थगित गरेको छ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए।

३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ। कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन।

सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो। हालसम्म देशभर १ करोड ९० लाखले मतदाता नामावलीमा नाम समावेश गराएका आयोगसँग प्रारम्भिक तथ्यांक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved