यादव बने प्रदेश उद्योग राज्यमन्त्री

नेपालभ्युज

यादव बने प्रदेश उद्योग राज्यमन्त्री

जनकपुरधाम। मधेश प्रदेशमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट एक राज्यमन्त्री थपिएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

नवनियुक्त राज्यमन्त्री यादवलाई आजै प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले शपथ ग्रहण गराएका छन्।

यादव तत्कालीन नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ ९१० बाट निर्वाचित भएका थिए।

नेकपा एसबाट यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र प्रमोद कुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री ०७८ मंसिर ५ मा नियुक्त भइसकेका छन्।

योसँगै मधेश प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved