हिउँमा फसेकाहरूका लागि हेलिकोप्टरबाट ड्राइफुड खसालियो

हिउँमा फसेका ५५ जनामध्ये दुई जनाको मृत्यु भइसकेको छ। पहिलो प्रयासमा हेलिकोप्टरबाट उद्धार गर्न नसकिएपछि पुन: उद्धार हुन नसकिएपछि पुन: उद्धारको प्रयास भइरहेको छ।

हिउँमा फसेकाहरूका लागि हेलिकोप्टरबाट ड्राइफुड खसालियो

सुर्खेत। जुम्लाको तातोपानी गाउँपालिका–७ को ग्रागा लेकमा फसेका ५५ जनालाई हेलिकोप्टरमार्फत ड्राइफुड खसालिएको छ। कर्णाली प्रदेश सरकारको पहलमा हिउँमा फसेका नागरिकलाई ड्राइफुड खसालिएको हो।

हेलिकोप्टर बस्ने ठाउँ नभएकाले हिउँमा फसेका ५५ जनामध्ये १६ जनालाई चिउरा, दालमोठ र चाउचाउलगायत खानेकुराहरू हेलिकोप्टरमार्फत् खसालिएको तातोपानी गाउँपालिका– ८ का स्थानीय तथा नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतवहादुर शाहीले बताए।

हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन तत्काल उनीहरूलाई खानेकुरा हेलिकोप्टरमार्फत खसालिएको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईले बताए। उनले भने, ‘‘अर्को हेलिकोप्टर पठाइएको भएपनि हिउँमा फसेकाहरू उद्धार गर्न सकिएको छैन्, पुनः उद्धारको प्रयास भइरहेको छ।”

हिउँमा फसेकामध्ये दुई जनाको मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved