बालुवाटार बैठक: तीन एजेण्डा, पाँच नेता

नेपालभ्युज

बालुवाटार बैठक: तीन एजेण्डा, पाँच नेता

 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका पत्र सार्वजनिक भएलगत्तै डाकेको तीन दलको बैठकमा तीन वटा विषयलाई छलफलको एजेण्डा बनाएका छन् । जसमा पाँच नेता सहभागी छन् ।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालका अनुसार, एमसीसी सम्झौता, स्थानीय निर्वाचन र संसदमा जारी अवरोध खुलाउने तीन एजेण्डामा  छलफल हुने छन् ।

अपराह्न ४ बजेका लागि डाकिएको भए पनि अलि ढिला गरी सुरु भएको बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र  सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved