लता मंगेशकरको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

नेपालभ्युज

काठमाडौं। भारतीय गायिका लता मंगेशकरको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्।

‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ।’ राष्ट्रपतिद्वारा जारी गरिएको ट्वीटमा भनिएको छ ‘असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

आज बिहान लताको निधन भएको थियो। कोरोना संक्रमण देखिएपछि उनलाई गत ८ जनवरीदेखि मुम्बईस्थित ब्रीच क्रयान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कोरोनासहित निमोनिया पनि देखिएको थियो भने पछिल्लो समय स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आईसीयूमा भर्ना गरिएको थियो।

उनले‍ सन् १९७४ देखि १९९१ सम्म भारतमा सबैभन्दा बढी गीत गाएर गिनिज बुकमा नाम समेत लेखाएकी थिइन्। २५ हजारभन्दा बढी गीतमा स्वर दिएकी उनले नेपाली सांगीतिक क्षेत्रमा पनि योगदान दिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved