प्रेस चौतारी २४ औँ वर्षमा

चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ।

नेपालभ्युज

प्रेस चौतारी २४ औँ वर्षमा

काठमाडौं। प्रेस चौतारी नेपाल स्थापनाको २४ औँ वर्षमा प्रवेश गरेको छ।

विसं २०५५ मंसीरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २२ माघ २०५५ मा विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो।

सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ।

चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ।

आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकामा कोभिड–१९ को तेस्रो लहरका कारण स्थगन गरिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved