अफगानिस्तानका पुस्तकालयले नागरिकमा पढ्ने बानी विकास गराउँदै

नेपालभ्युज

अफगानिस्तानका पुस्तकालयले नागरिकमा पढ्ने बानी विकास गराउँदै

अफगानिस्तानका पुस्तकालयहरूले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरूको आयोजना गरिरहेका छन्। उनीहरूले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरू दिइरहेका छन्।

यस्ता सन्देशहरू दिँदै ती पुस्तकालयहरूले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन्। यस्तै प्रतिस्पर्धाको आयोजना गर्‍यो हालै राजधानी काबुलको फायाजी पुस्तकालयले। सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरू ठाउँ ठाउँमा राखेको थियो।

साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरूले यस्ता सन्देशहरू पढेर सुनाएका थिए। पुस्तकालयका कर्मचारीहरूले विशेष गरी युवा बर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरूले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved