इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

नेपालभ्युज

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

जनकपुरधाम। नेकपा एमाले निकट विद्यार्थीहरूको संगठन अनेरास्ववियुले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेका हुन्।

यस्तै उक्त संगठनले शीघ्र निर्वाचनको मितिको घोषणाको माग पनि गरेको छ।

जनकपुरधामको शिव चोकमा टायर बालेर गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच समान्य झडप समेत भएको थियो। उनीहरूले निर्वाचनको मिति घोषणा मिडियामा मात्रै गरेर नहुने र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved