भरतपुर अस्पतालमा घटे कोभिड बिरामी, बिहीबारदेखि नियमित सेवा

नेपालभ्युज

भरतपुर अस्पतालमा घटे कोभिड बिरामी, बिहीबारदेखि नियमित सेवा

चितवन। कोरोना संक्रमण बढेसँगै बन्द गरिएको भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ। अस्पतालले स्थगित गरेको ओपीडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो। ९ माघदेखि यी सेवा स्थगित गरिएको थियो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो। उनले भने, “अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप घटेसँगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो।”

चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो। कोरोना कहरपछि शल्यक्रिया नगरेपनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो। यसैगरी बहिरङ्ग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८.३० बजेबाट ओपिडि सेवा सञ्चालन गर्दै आएको थियो।

अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना संक्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ। अस्पतालमा हाल ४१ जना संक्रमित भर्ना भएर सेवा लिइरहेका छन्।

अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved