विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै

विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै गएको छ।

नेपालभ्युज

विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै

काठमाडौं। विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै गएको छ। गत २४ घण्टामा २१ लाख ३ हजार सङ्क्रमित निको भएका छन्।

विश्वभर कोरोना मुक्त हुनेको सङ्ख्या २९ करोड ४४ लाख पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

यस्तै २४ घण्टामा २५ लाख ९ जना नयाँ सङ्क्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड २ लाख नाघेको छ। यस्तै ७ हजार ५ सय जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ७५ हजारभन्दा धेरै छ।

अझै पनि ७ करोड २७ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९४ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ। सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ करोड ५४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ५८ लाख निको भएका छन्। ९ लाख ६ हजारको भने मृत्यु भएको छ।

अमेरिकामा अझै पनि २ करोड ८६ लाख सक्रिय सङ्क्रमित रहेकामा २३ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

चार करोड १० लाखमा सङ्क्रमण पुष्टि भएको भारतमा भने ३ करोड ८६ लाख निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved