चुनावका बारेमा एमालेले आज धारणा सार्वजनिक गर्ने

नेपालभ्युज

चुनावका बारेमा एमालेले आज धारणा सार्वजनिक गर्ने

काठमाडौं। स्थानीय तह, प्रतिनिधि सभाको चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा –एमाले)ले आज धारणा सार्वजनिक गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बक्तब्यकमार्फत सार्वजनिक गर्ने  पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार चुनावका बारेमा सत्ताधारी दलबीच भइरहेका छलफल र एमालेलाई लगाइएका विभिन्न आरोपका बारेमा पनि अध्यक्ष ओलीले विचार राख्ने तयारी गरेका छन्।

सत्ताधारी दलहरूबीच पहिले स्थानीय तह वा प्रतिनिधि सभा कुन चुनाव गर्ने भन्ने बारेमा सहमति भइसकेको छैन। एमालेले भने स्वार्थपूर्ण ढङ्गले चुनावको मिति पछाडि धकेल्न खोजिएको आरोप लगाउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved