म कुनै पनि गुनासो सुन्न चाहन्नँ, जनताले अनुभूति गर्ने गरी काम गर्नुस् : मन्त्री दाहाल

नेपालभ्युज

म कुनै पनि गुनासो सुन्न चाहन्नँ, जनताले अनुभूति गर्ने गरी काम गर्नुस् : मन्त्री दाहाल

चितवन । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन्।

“यातायातसम्बन्धी कामलाई कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन,” उनले भने, जनताले दुःख पाए हामी आएको काम हुँदैन।”

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको भर्चुअल माध्यमबाट निर्देशन दिँदै मन्त्री दाहाले यातायात सेवामा बागमतीलाई मुलुककै नमुना बनाउने आफ्नो मुख्य कार्यभार रहेको स्पष्ट पारे।

उनले एक काम भएको भन्दै जनताले अनुभूति गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए।

“यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो छ,” उनले भने, “अब त्यसलाई समाधान गर्दै तपाईंहरूले जनमैत्री र सुशासन कायम गरी सेवा दिनुहोस्।”

बागमतीमा भर्खर मात्रै श्रम रोजगार तथा यातायात मन्त्रीका रूपमा आएका दाहालले कारोना कहर बढेको भन्दै आम सेवाग्राहीहरूको सहजता र आफ्नै सुरक्षाका लागि पनि यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न थप निर्देशन दिएका थिए।

“म कुनै पनि गुनासो सुन्न चाहन्नँ,” उनले भने, “अब जनताले अनुभूति हुने गरी काम अगाडि नबढाए कारबाही गर्नसमेत मपछि हट्ने छैन्।”

मन्त्री दाहालले कार्यालयहरूमा सेवाग्राहीको चाप कम गर्न बिलबुक नवीकरणलाई अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने भन्दै उक्त कार्यका लागि मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको भनाइ राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved