बैंकिङ प्रणालीमा तरलता उतारचढाव, तर पछिल्लो साता केही सहज

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस १६ गते ४२ खर्ब ४९ अर्ब निक्षेप बैंकिङ प्रणालीमा थियो। २३ पुससम्म आइपुग्दा निक्षेप ५८ अर्ब निक्षेप प्रणालीमा थप हुँदै ४३ खर्ब सात अर्ब पुगेको थियो।

नेपालभ्युज

बैंकिङ प्रणालीमा तरलता उतारचढाव, तर पछिल्लो साता केही सहज

काठमाडौं। बैंकिङ प्रणालीमा तरलताको उतारचढाव देखिएको छ। पछिल्ला साढे दुई सातादेखि कुनै दिन राम्रो निक्षेप संकलन भई बजाजमा सहज भएको छ भने कुनै दिन निक्षेपमा चाप देखिएको छ। करिब एक महिनाजति ठप्पजस्तै बनेको कर्जा पर्वाह पछिल्लो साता केही सहज भने बनेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस १६ गते ४२ खर्ब ४९ अर्ब निक्षेप बैंकिङ प्रणालीमा थियो। २३ पुससम्म आइपुग्दा निक्षेप ५८ अर्ब निक्षेप प्रणालीमा थप हुँदै ४३ खर्ब सात अर्ब पुगेको थियो।

त्यसपछि गत ३० पुससम्म वाणिज्य बैंकहरू एकै दिन ३८ अर्ब रुपैयाँ निक्षेप बढ्दै कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ थियो। २ माघमा भने घटेर ४३ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ। आज बुधबार ५ माघसम्म आइपुग्दा फेरि निक्षेपमा कमी आउँदै ४३ खर्ब ५ अर्बमा सीमित बन्न पुगेको छ।

यसअघि गत १२ मंसीरसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ४२ खर्ब २८ अर्ब रहेको थियो भने कूल लगानी ४० खर्ब ४८ अर्ब पुगेको थियो। त्यसअघि गत कात्तिक १६ गते बैंकिङ प्रणालीमा ४२ खर्ब ४० अर्ब रुपैयाँ थियो। त्यसअघि २० असोजमा ४२ खर्ब ५४ अर्ब निक्षेप बैंकिङ प्रणालीमा थियो। गत आर्थिक वर्ष २०७७-७८ को अन्तिम अर्थात् असार मसान्तमा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो। त्यसपछि गत साउन मसान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपैयाँमा झरेको थियो।

भदौ मसान्तसम्म आइपुग्दा निक्षेप ४१ खर्ब ७१ अर्ब रुपैयाँमा झर्‍यो। असोजको पहिलो साता बैंकहरुमा निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ थियो। ११ असोजसम्म आइपुग्दा त्यस्तो रकम ४१ खर्ब ४६ अर्बमा झर्‍यो।

असोज तेस्रो सातामा चालू आर्थिक वर्षमा भएको घाटा परिपूर्ति गर्दै १ खर्ब ३ अर्बले निक्षेपमा वृद्धि हुँदै ४२ खर्ब ४९ अर्ब पुगेको थियो।

लगानीमा उच्च चाप

बैंकिङ प्रणालीमा रकमको उच्च अभाव भएपछि कर्जा ठप्पजस्तै बनेको हो। गत १२ मंसीरसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले ४० खर्ब ४८ अर्ब लगानी गरिसकेका थिए। दुई महीना पुग्नै लाग्दा सो लगानी ४१ खर्ब ४१ अर्ब मात्रै पुगेको छ।

गत आर्थिक वर्षको असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ थियो। यस्तो कर्जा लगानी साउन मसान्तमा ३७ खर्ब ६४ अर्ब पुगेको थियो। भदौ मसान्तमा बैंकहरूले ३८ खर्ब ७२ अर्ब मात्रै कर्जा प्रवाह गर्न सकेका थिए।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) रेसियोलाई हटाएर कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो लागू गरेको थियो। यसको अर्थ कूल निक्षेप संंकलनको १० प्रतिशत रकम जगेडा राख्दै बाँकी ९० प्रतिशतमात्रै लगानी गर्न पाइन्छ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्ममा सीडी रेसियो ९० प्रतिशत कायम राख्नुपर्नेछ। पछिल्लो तथ्यांकअनुसार औसत सीडी रेसियो घटेर ९०.०२ कायम भएको छ। अन्तर बैंक कर्जा ब्याजदर भने ४.९७ प्रतिशत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved