मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत
फाइल फोटो।

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन्। प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि रासससँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताए।

“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो ।” यसबाट शहीदहरुको सम्मान भएको उनको भनाई थियो।

मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँँदै उनले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे। मधेश प्रदेश स्थापनाका लागि सहयोग पुर्या‍उने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई उनले धन्यवाद दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved